जुवा खालबाट वडाध्यक्षसहित पाँचजना पक्राउ

प्रदेश मुख्य समाचार समाज

धरान, १८ असार, इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको दुहवी–१२ मा मंगलबार राती जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेश कुमार तामाङ, सोही गाउँपालिका ५ का ४० वर्षीय लालबहादुर चौधरी, सुनसरी गढी गाउँपालिका ३ का ४२ वर्षीय रमेश चौधरी र ३९ वर्षीय जोगेन्द्र उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई बुधबार जिल्ला अदालत सुनसरमिा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।