चौधरी ग्रुप र ह्वावेबीच १० करोड डलरको सम्झौता

आजको बजार मुख्य समाचार विषेश समाचार सूचना प्रविधि

काठमाडौँ, १८ असार, २०७६ । चौधरी ग्रुपले ‘फोर जी’ सेवाको लागि चिनियाँ ह्वावे कम्पनीसँग सहकार्य गरेको छ। जसकालागि नेपालको चौधरी ग्रुप र चीनको ह्वावेबीच १० करोड डलर रकमको सम्झौता भएको छ । अब चौधरी ग्रुपले ह्वावेको फोर जी फोन सेवा नेपालमा ल्याउने भएको हो।

ह्वावेसँग भएको सम्झौता अनुसार फोर जी सेवाको लागि चिनियाँ कम्पनी ह्वावेले १० करोड डलर बराबरको प्रविधि उपलब्ध गराइ दिनेछ। साथै ‘फाइभ जी’ मा विस्तार हुने पनि चौधरी ग्रुपका मालिक व्यवसायी विनोद चौधरीले बताएका छन्। उनले भनेका छन् ‘चिनियाँ कम्पनीहरुसँग सहकार्य गर्दा कुनै समस्या देख्दिनँ।’

मोबाइलबाट ‘फ्रि भ्वाइस सर्भिस’ उपलब्ध गराउने तर डाटा र अनलाइन पेमेन्टसहित अन्य सेवामा पनि केन्द्रित हुने चौधरीले बताए। सम्झौतासँगै चौधरी ग्रुपले नेपालमा मोबाइल फोनको बजारमा प्रभाव जमाउने टिप्पणी हुन थालेको छ।