परराष्ट्रमन्त्री ज्ञवाली र नेपाली विद्वानबीच चीनमा छलफल

मुख्य समाचार विश्व

काठमाडौँ, १८ असार, २०७६ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाली विद्वानबीच चीनको पैचिङमा छलफल भएको छ । पैचिङस्थित चीनका लागि नेपाली दूतावासमा सो अन्तरक्रिया कार्यक्रम भएको हो।

नेपालको परराष्ट्र मन्त्रालयले ब्रेन गेन सेन्टरको स्थापना गरेको परिप्रेक्ष्यमा यस अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । चीनमा अध्ययन तथा अनुसन्धान गरिरहेका विज्ञ तथा विद्यार्थी र विभिन्न पेसामा संलग्न नेपालीहरूसँग देश विकासका लागि के कसरी फाइदा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत रहेको पैचिङ स्थीत चिनिया अन्तर्राष्ट्रिय रेडियो (सिआरआई)ले जनाएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले देश बाहिरका प्रतिभालाई देश भित्र कसरी उपयोग गर्न सकिन्छ भनेर ब्रेन गेन सेन्टरको स्थापना गरेको बताउँदै उक्त केन्द्रमा आबद्ध हुन आग्रह गरे ।