सरमाथाको रोयल्टी बाँडफाँट, दुई प्रदेश र ७ गाउँपालिका प्रभावित

आजको बजार प्रदेश मुख्य समाचार रोजगार विषेश समाचार

काठमाडौं, १८ असार । विश्वकै अग्लो हिमाल सगरमाथा आरोहणबाट उठेको रोयल्टी बाँडफाँट भएको छ । सरकारले दुई प्रदेश र ७ गाँउपालिकालाई दिनेगरी रोयल्टी बाँडफाँट गरेको हो ।

प्राकृतिक स्रोतबाट उठ्ने रोयल्टीको ५० प्रतिशत संघ (केन्द्रय सरकार), २५ प्रतिशत प्रदेश सरकार र २५ प्रतिशत सम्बन्धित स्थानीय तहलाई बाँडफाँट गर्ने प्रावधान रहेको छ ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको रोयल्टी बाँडफाँटको सूत्र अनुसार रोयल्टी बाँडफाँट गरिन्छ । प्राकृतिक स्रोतको अवस्थिति, यसको परिचालनबाट प्रभावित क्षेत्र, प्राकृतिक स्रोतमाथिको निर्भरता, प्रतिफलबा लाभान्वित हुेन जनसंख्या, प्राकृतिक स्रोतको संरक्षण तथा दीगो व्यवस्थापनमा भईरहेको सहभागिताका आधारमा रोयल्टी पाउने व्यवस्था छ ।

सरकारले पहिलोपटक आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा प्राकृतिक स्रोतको बाँडफाँट गरेको हो । यसबाट स्थानीय तहहरुले २ अर्ब २८ करोड रुपैयाँ पाएका छन् भने संघीय सरकारले पनि सोही बराबरको रकम पाएका छन् ।

सोलुखुम्बु, रामेछाप, दोलाखाका गाउँपालिकाले उक्त रकम पाएका छन् । यस्तै, प्रदेश १ र प्रदश ३ ले उक्त रकम पाएका छन् ।