ब्राजिल कोपा अमेरिकाको फाइनलमा, अर्जेन्टिना २-० ले पराजित

खेलकुद मुख्य समाचार विषेश समाचार

एजेन्सी, १८ असार । अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिल दक्षीण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा नेइमार बिना मैदान उत्रेको ब्राजिलले मेस्सीको टोली अर्जेन्टिनालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

यस प्रतियोगितामा नेइमार कुर्कुच्चाको चोटका कारण खेलिरहेका छैनन् । उनलाई कतारविरुद्धको मैत्रिपूर्ण खेलमा चोट लागेको थियो । अर्जेन्टिनाविरुद्ध ब्राजिलको जितमा ग्य्राबियल जिसस र राबर्टो फिर्मिन्होले एक एक गोल गरे ।

खेल सुरु भएको १९औं मिनेटमा ग्य्राबियल जिससले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाएका थिए । उनले फिर्मिन्होले मिलाएको उत्कृष्ट अवसरलाई सहि सदुपयोग गर्दै घरेलु टोलीलाई जितको बाटो देखाएका थिए ।

यस्तै, खेलको ७१औं मिटेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलको जित पक्का गरे । अब कोपा अमेरिकाको उपाधिका लागि ब्राजिलले चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।