आईफा अवार्ड तत्काल रोक्न सरकारलाई निर्देशन

पर्यटन मनोरञ्जन मुख्य समाचार विषेश समाचार

काठमाडौं, १८ असार । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड नेपालमा नगर्न निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले आईफाको प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको हो ।

समितिले सरकारले सम्झौता नगरेको देखिए पनि स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच आउने खालका कुनै पनि कार्यक्रम नेपालमा गर्न नहुने ठहर गरेको छ ।

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अर्वाड (आईफा) १९ को आवर्ड नेपालमा गर्न सरकारले सांकेतिक सहमती दिएको छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा हुने र्आफा अवार्डमा काठमाडौं महानगरपालिका सहआयोजक बनेको छ ।

आईफा आयोजनाका लागि महानगरले ४५ करोड रुपैयाँ दिने सम्झौता गरेको छ ।