दैनिक साढे ४ अर्ब खर्च गर्दै सरकार

आजका पत्रपत्रिका आजको बजार मुख्य समाचार

काठमाडौं, १७ असार । सरकारले असारको १५ दिनमा दैनिक १५ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको पाइएको छ । ऐन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्याधिक रकम असारमा खर्च गरेको हो ।

विगतका वर्षहरुमा झैं सरकारले यस वर्ष पनि सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्याधिक खर्च गर्ने प्रवृत्ति रोक्न सकेको छैन । यसवर्ष देखि अर्थमन्त्रालयले आर्थिक वर्षको अन्तिम महिना कुल बजेटको १० प्रतिशतभन्दा बढी रकम खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।

तर, अन्तिम महिनाको १५ दिनमै बजेटको ५ दशमलव २१ प्रतिशत रकम खर्च भईसकेको छ । असार १ गते २ अर्ब ५९ करोड रुपैयाँ खर्च भएको थियो । यस्तै, त्यसको १० दिनपछि असार १० गते मात्र १० अर्ब ३६ करोड रुपैयाँ खर्च भएको थियो ।

सरकारले आर्थिक वर्षका मध्यअवधिका महिनामा भने बल्ल बल्ल दैनिक डेढ अर्ब रुपैयाँ खर्च गरेको थियो । तर, अन्तिम महिनाको १५ दिनमै ६८ अर्ब ४६ करोड ९५ लाख रुपैयाँ खर्च गरेको हो ।