सिनामंगलमा दुर्घटना, १६ जना घाइते

मुख्य समाचार समाज

काठमाडौं, १७ असार । काठमाडौंको सिनामंगलमा मंगलबार बिहान दुई माइक्रोबस आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । बिहान साढे ४ बजे सूचना विभागको कार्यालय अगाडी दुर्घटना भएको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।

गौशालाबाट तीनकुनेतर्फ जाँदै गरेको बा४ख ५१०० नम्बरको हायस माइक्रो र सिनामंगलबाट गौशालातर्फ जाँदै गरेको बा१झ ९७७६ नम्बरको माइक्रो आपसमा ठोक्किएका महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

घाइते हुनेमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजसहितका अस्पतालमा उपचार भइरहेको छ ।