लोकसेवाको विज्ञापन रद्द नगर्न सर्वोच्चको आदेश

प्रदेश मुख्य समाचार रोजगार

काठमाडौ, १७ असार । लोकसेवा आयोगले स्थानीय तहका रिक्त पदका लागि खुलाएको विज्ञापन स्थगित नगर्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्तराईको संयुक्त इजलासले सोमबार लोकसेवाले खुलाएको विज्ञापन रद्द गर्न नपर्ने बताएको हो ।

विज्ञापन रद्द गर्न भन्दै सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै न्यायाधीश कार्की र भट्टराईको इजलासले लोकसेवालाई राहत दिएको छ । लोकसेवाले कानुन मिच्दै कर्मचारीको विज्ञापन खुलाएको भन्दै विरोध भईरहँदा अदालत लोकसेवाकै पक्षमा उभिएको हो ।

आयोगले ५ सय १५ स्थानीय तहका लागि ९ हजार १६१ पदका लागि आवेदनको माग गरेको थियो । आयोगले मागेको आवेदनमा हाल ४ लाखभन्दा बढीको आवेदन परिसकेको छ । आवेदन दिने म्याद आज सकिँदै छ ।

सर्वोच्चले लोकसेवाको विज्ञापनमा समावेशी समूहका १ लाख ५० हजार जनासहित ४ लाखभन्दा बढीको दरखास्त परिसकेकाले उनीहरूको खुला प्रतिस्पर्धा गर्न पाउने हक कुण्ठित गर्न नहुने अन्तरिम आदेश दिएको छ ।