सरकारलाई एक वर्षसम्म भ्याट नतिर्ने ट्यांकर व्यवसायीको चेतावनी

आजको बजार मुख्य समाचार रोजगार विषेश समाचार

काठमाडौं, १७ असार । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेपालमा पेट्रोलियम पदार्थको ढुवानी बन्द गर्ने चेतावनी दिएको छ । महासंघले आफ्ना माग सरकारले पुरा नगरे साउन १ गतेदेखि ढुवानी पूर्ण रुपमा ठप्प गने चेतावनी दिएका हुन् ।

सरकारले पेट्रोल ढुवानी गर्ने ट्यांकरलाई भ्याटमा ल्याउने तयारी गरेपछि तत्काल भ्याटमा आउन नसकिने बताउँदै सेवा ठप्प गर्ने बताएका हुन् । महासंघको केन्द्रय कार्यसमितिको सोमबार बसेको बैठकले ५ बुँदे माग राख्दै तत्काल भ्याटमा दर्ता हुन नसकिने बताएका हुन् ।

महासंघले ट्यांकरहरू भ्याटमा जानका लागि हाल सञ्चालनमा रहेका ट्यांकरहरूको ह्रास कट्टी मूल्य तय हुनुपर्ने तथा हाल भ्याटमा दर्ता नभएका त्यस्ता गाडी दर्ता भएपछि विक्री गर्दा भ्याट नलाग्ने व्यवस्था गरिनु पर्ने माग राखेको छ ।

यस्तै ट्यांकरहरू ८० प्रतिशत भारतीय क्षेत्रमा सञ्चालन हुने भएकाले त्यहाँको बिल कर प्रयोजनका लागि मान्य हुनुपर्ने, ट्यांकर चलाउँदा खर्च हुने डिजलको भ्याट फिर्ता पाउने व्यवस्था गर्नुपर्ने, अधिकांश ट्यांकरहरू बैंक ऋणमा रहेको भन्दै ऋण फुकुवामा पहल गरिदिन पर्ने माग राखेको छ ।