काबुलमा शक्तिशाली बम विष्फोट, ३४ जनाको मृत्यु

मुख्य समाचार विश्व विषेश समाचार

काबुल, १७ असार । अफगानिस्तानको काबुलमा सोमबार बिहान शक्तिशाली विष्फोट भएको छ । अफगानिस्तानको राजधानी काबुलमा भएको विष्फोटमा परी ३४ जनाभन्दा बढीको मृत्यु भएको छ भने ६८ जनाभन्दा बढी घाइते भएका छन् ।

विष्फोटक पदार्थले भरिएको कार राजधानी काबुलमा विष्फोट भएको हो । विष्फोटमा परि घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेको अफगानिस्तान प्रहरीले बताएको छ । सोही कारण विष्फोटमा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार विष्फोटनपछि आक्रमणकारीहरु काबुलको निमार्णाधीन भवनमा पसेपछि आक्रमणकारी र सुरक्षाबलबीच दोहोरो भिडन्त भएको थियो ।

घटनाको जिम्मा तालिवानले लिएको छ ।