‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ सार्वजनिक

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, १६ असार २०७६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ राष्ट्रिय स्वास्थ्य नीति २०७६ सार्वजनिक गरेकाे छ । राष्ट्रिय स्वास्थ्य नीति २०७१ लाई स‌ंघीय संरचना अनुसार परिमार्जन गरी मन्त्रालयले आज नयाँ स्वास्थ्य नीति सार्वजनिक गरेकाे हाे ।

संघीय संरचना अनुरुप विद्यमान स्वास्थ्य नीति, रणनीति तथा कार्यक्रमहरुलाई परिमार्जन गरी संघीयतामा आधारित नीति तयार गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताए । सार्वजनिक गरिएकाे नयाँ नीति आफ्नाे कार्यकालमा जसरी पनि कार्यान्वयन गर्ने मन्त्री यादवकाे भनाई छ । यसका लागि आवश्यक जनशक्ति, उपकरण र पर्याप्त बजेट चाहिने उनले बताए ।

स्वास्थ्य क्षेत्रकाे कम बजेट, जनशक्ति, उपकरण र भाैतिक संरचनाकाे अभावका कारण सन्ताेषजनक उपलब्धी प्राप्त गर्न नसकिएकाे मन्त्री यादवकाे भनाई छ ।

सबै तहका स्वास्थ्य संस्थाहरुबाट ताेकिए बमाेजिमका निःशुल्क आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य बीमा मार्फत विशेषज्ञ सेवाकाे सुलभ पहुँच, एक चिकित्सक र स्वास्थ्यकर्मी एक, एक स्वास्थ्य संस्थाकाे अवधारणा, उच्च माध्यमिक विद्यालयसम्म प्रत्येक विद्यालयमा न्यूनतम १ जना स्वास्थ्य जनशक्तिकाे व्यवस्था लगायतका विषयले नयाँ स्वास्थ्य नीतिले समेटेकाे छ ।