अब विदेशमै बसेर नेपालमा टिभी किन्न सकिने !

आजको बजार मुख्य समाचार

काठमाडौं, १६ असार, २०७६ । अब भने विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने भएको छ । विदेशबाट टिभी ल्याउन, भन्सार तिर्न समस्या भइरहको अवस्थामा यो उपयोगी काम भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. लि ले आप्mनो ग्राहकवर्गहरुलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गरेको हो । जसकालागि नेपालमा सामसङ्ग उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.सँग साझेदारी गरेको छ ।

समझदारीमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरका तर्फबाट चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्स प्रा. लि.का तर्फबाट प्रभाकर शम्शेर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् । अन्य देशभर रहेका सिटी एक्सप्रेस मनी ट्रान्सफरका काउन्टरबाट पनि यो सेवा उपलब्ध गराउने योजना रहेको कम्पनीले बताएको छ । यो योजना असार १६, २०७६ बाट लागू भइसकेको छ ।