धान उत्पादन ५ प्रतिशतले घट्ने

कृषि मुख्य समाचार रोजगार

काठमाडौं, १६ असार । यस वर्ष नेपालमा धानको उत्पादन घट्ने भएको छ । मनसुन ढिला र कमजोर आउनु, बजारमा मलको अभाव भएसँगै समयमै रोपाइँ हुन नसकेकाले यस वर्ष धानको उत्पादन घटने भएको हो ।

यष वर्ष विगतका वर्षहरुको तुलनामा १० दिन ढिला गरी मनसुन भित्रिएको थियो । तर, अझै पनि मनसुन सक्रिय हुन नसकेपछि धानको उत्पादन ५ प्रतिसतसम्म घट्ने भएको हो ।

सरकारी तथ्यांक अनुसार हालसम्म देशमा मात्र १५ दशमलव २५ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो । यस्तै, चालू आवमा ३ दशमलव ७ प्रतिशत धानको उत्पादकत्व थियो ।

देशमा रापाइँ हुने कुल क्षेत्रफल १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर हो । यसमध्ये हालसम्म १४ दशमदव २५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।