१६औं धान दिवस मनाउन कृषि मन्त्रीको टोली बर्दियामा

मुख्य समाचार विषेश समाचार समाज

बर्दिया, १५ असार । सरकारले हरेक असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने घोषणा गरेसँगै आज देशभर १६ औं धान दिवस मनाइँदैछ । ‘धान खेतीमा यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नारासहित राष्ट्रिय धान दिवस महोत्सवको रुपमा मनाइँदै आएको हो ।

यस वर्षको धान दिवसमा मूख्य कार्यक्रम बर्दिया जिल्लाको राजापुर नगरपालिका ८ मा आयोजना हुँदै छ । सोही कार्यक्रममा सहभागी हुनका लागि कृषिमन्त्री चक्रपाणी खनाल, कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङको टोली बर्दिया पुगिसकेको छ ।

१६औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको मूल आयोजक कृषि विभागका महानिर्देशक पौडेलले धान खेतीमा यान्त्रिकरणबाट उत्पादकत्वसमेत १५ प्रतिशतले वृद्धि हुने बताए । उनले नेपाल कृषि अनुसन्धान परिषदबाट धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भौगोलिक परिवेशअनुसार विभिन्न उन्नत जातका धानका बिउहरु सिफारिस गरिएको बताए । तर, उच्च जातका धानका बिउहरु कृषककामा पुग्न नसेकामा उनले दुःख व्यक्त गरे ।