स्याङ्जाका स्थानीय तह : कुनको बजेट कति ?

आजको बजार मुख्य समाचार

स्याङ्गजा, १४ असार, २०७६, स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि बजेट सार्वजनिक गरेको छ । छैटौं नगरसभामा नगर उपप्रमुख महेश पुरीले ६२ करोड ३१ लाख ५१ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा वित्तिय समानीकरणमा १४ करोड २२ लाख, राजश्व बाँडफाँड १० करोड ७० लाख, सशर्त अनुदानमा २९ करोड २० लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण १ करोड २७ लाख ४९ हजार, राजश्व ७८ लाख ५२ हजार र सशर्त १ करोड रहेको छ, भने आन्तरिक आयतर्फ २ करोड ६५ लाख अनुमान गरिएको छ ।

सार्वजनिक बजेटको पूँजीगततर्फ ११ करोड ५७ लाख २२ हजार र चालुतर्फ १० करोड ३५ लाख ७२ हजार खर्च रहेको छ । बजेटमा वडा विकास कार्यक्रम तर्फ १ करोड ५० लाख र समपुरक कोषतर्फ ३ करोड विनियोजन गरिएको छ ।

चापाकोटको साढे ४४ करोड

चापाकोट नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ को लागि ४४ करोड ५२ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गदै नगर प्रमुख शिवकुमार गिरीले पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, रोजगार र पर्यटनको क्षेत्रमा विषेश कार्यक्रम ल्याएको बताए ।

आगामी आर्थिक वर्ष ०७६/७७ का लागि चालुतर्फ ३० करोड ९३ लाख ९५ हजार १ सय १८ रुपैयाँ कुल बजेटको (७०.९ प्रतिशत) र पूँजीगत तर्फ १३ करोड ५८ लाख ६१ हजार ८ सय ८२ रकम रुपैयाँ (२९.१ प्रतिशत) गरी ४४ करोड ५२ लाख ५७ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो ।

फेदीखोलाको ३० करोड

स्याङ्जाको फेदीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि ३० करोड २० लाख ३ हजारको बजेट सार्वजनिक गरेको छ ।

गाउँसभामा उपाध्यक्ष देवी थापाले पूँजीगततर्फ १३ करोड २२ लाख ६६ हजार विनियोजन गरिएको जानकारी दिइन् । चालुतर्फ नेपाल सरकारको सर्सत अनुदानबाट ११ करोड ८६ लाख र निर्सततर्फ ५ करोड ११ लाख गरी १६ करोड ९७ लाख ३७ हजार विनियोजन गरिएको छ ।

बिरुवा गापाको झण्डै ३४ करोड
आर्थिक वर्ष २०७६/७७ का लागि बिरुवा गाउँपालिकाले ३३ करोड ८७ लाख ३० हजार बराबरको बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमा पुँजीगततर्फ १२ करोड ९१ लाख ३० हजार संघीय सशर्तमा १४ करोड ६ हजार र प्रदेशबाट सशर्त १ करोड रहेको छ ।

कालीगण्डकीको ४१ करोड
कालीगण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ४१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ ९ करोड ३९ लाख, संघीय राजश्व बाँडफाँडतर्फ ६ करोड ५२ लाख र प्रदेश वित्तीय समानीकरणतर्फको १ करोड २१ लाख ४९ हजार प्रदेश राजश्व बाँडफाँडतर्फ २५ लाख ११ हजार प्रदेश विशेष अनुदान १ करोड स्थानीय राजश्व बाँडफाँड गरी २४ करोड १४ लाख ९७ हजार ८ सय ८२ रुपौयाँ छ भने सशर्ततर्फ १६ करोड ९४ लाख रहेको छ ।

विनियोजित बजेटमा चालुतर्फ २२ करोड ५१ लाख ८३ हजार र पुँजीगततर्फ १८ करोड ५७ लाख १४ हजार ८ सय ८२ रहेको छ ।

जिल्लाका ११ स्थानीय तह रहेकोमा ५ नगरपालिका मध्ये पुतलीबजार र चापाकोट नगरपालिकाले बजेट घोषणा गरे भने वालिङ, गल्याङ् र भीरकोटले नीति तथा कार्यक्रम घोषणा गरेपनि बजेट ल्याउन सकेका छैन्न । ६ गाउँपालिका मध्ये फेदीखोला, बिरुवा र कालीगण्डकीले बजेट घोषणा गरिसक्दा हरिनास, आँधीखोला र अर्जुनचौपारीले बजेट ल्याएका छैनन् ।