डाक्टर नै लाइसेन्स परीक्षामा ३६ पटकसम्म फेल !

आजका पत्रपत्रिका मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, १४ असार, २०७६ । एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । त्यसमध्ये केही डाक्टरहरु ३६ पटकसम्म फेल भएका पनि छन् ।

काउन्सिलका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएका डाक्टरहरु छन् ।काउन्सिलले १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर मन्त्रालयमा फाइल अड्किएको छ । यो नियम पास भयो भने १३ सयमध्ये सबैजसो डाक्टर लाइसेन्स परीक्षामा सहभागी हुन पाउँदैनन् ।

पटक पटक फेल भएका डाक्टरहरु लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन् । यो आन्दोलनको अगुवाई डा. राम थापा क्षेत्रीले गरेका छन् । काउन्सिलका रजिष्टार डा. दिलीप शर्माले बंगलादेश पढेर आएका क्षेत्री लाइसेन्स परीक्षामा नौपटकसम्म फेल भएको बताएको आजको नयाँपत्रिकाले लेखेको छ ।