युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

मुख्य समाचार विषेश समाचार शिक्षा समाज

काठमाडौं, १३ असार । आफुलाई ‘धर्ती माता’ भन्दै एक युवतीलाई यातना दिने महिलालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा उनले आफुलाई धर्ती माता बताउँदै युवतीलाई यातना दिएकी थिईन् ।

काठमाडौं प्रहरी परिसर टेकुबाट खटिएको विशेष टोलीले शुक्रबार बिहान बालाजुबाट उनलाई पक्रउ गरेको हो । हाल उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ । उनले एक साताअघि भद्रकालीमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएकी थिइन् ।

उक्त घटनापछि सर्बसाधारणले प्रहरीको आलोचना गरेपछि प्रक्राउ गरिएको हो । प्रहरीले हालसम्म पीडितलाई नभेटेको तर उजुरी दिन आग्रह गरिएको छ । उनले युवतीलाई पिटदै ‘तँ को होस, छिटो निस्की’ भन्दै गाली गरेकी थिइन् । यस्तै उनले ‘तेरो मासु खाम्ला, मलाई चिन्’ भन्दै गाली गरेकी थिइन् ।