सिरिन्ज आक्रणमा संलग्न भएको आरोपमा एक जना पक्राउ

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा सृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको काठमाडौं परिसरबाट खटिएको टोलीले ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनलाई काठमाडौं उपत्यकामा र भक्तपुरमा सृङ्खलाबद्ध रुपमा भएको सिरिन्ज आक्रमण गर्ने गिरोहको सदस्याको आशंका गर्दैै नियन्त्रणमा लिएको जनाकारी दिएको छ । परिसरका अनुसार उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको हो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । अघिल्लो हप्ता काठमाडौं उपत्यकाको टेकु क्षेत्रमा पैदलयात्री महिलामाथि सृङ्खलाबद्ध रुपमा सिरिन्ज आक्रमण भएको थियो । सलगत्तै झक्तपुर र बनेमा पनि त्यस्तै प्रक्रितिको घटना बाहिर आएको थियो ।