बालुवाटार जग्गा प्रकरणः अख्तियारकै पूर्वकर्मचारी फरार !

आजका पत्रपत्रिका मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १३ असार, २०७६ . बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रुपमा नियुक्त भएका हुपेन्द्रमणि केसी फरार भएका हुन् ।

मालपोत कार्यालय डिल्लीबजारको प्रमुख छँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए आजको नयाँ पत्रिकामा खबर छ । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले केसीलाई दोषी देखेपछि कारबाही गर्न सिफारिस गरेको छ ।

अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीसहित तीनजनालाई सात दिनभित्र उपस्थित हुन भनेको छ । अन्य दुईजना डा. शोभाकान्त ढकाल र अधिवक्ता रामप्रासद सुवेदी रहेका छन् । उनीहरु बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने मुख्य बिचौलिया हुन् । सो जग्गा मोही खडा गरेर उनीहरुले आफ्नो नाममा ल्याएपछि अरुलाई बिक्री गरेका थिए ।

  • हुपेन्द्रमणि केसी हुनुपर्नेमा अन्यथा भएकोले सच्च्याइएको

तस्विर: गुगल