एसईईको नतिजा सार्वजनिक (नतिजासहित)

मुख्य समाचार विषेश समाचार शिक्षा

काठमाडौं, १२ असार, २०७६ । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले २०७५ सालको एसईई परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार जम्मा ४ लाख ५९ हजार २ सय ७५ विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा छात्र २ लाख ३० हजार १ सय ४१ र छात्रा २ लाख २९ हजार १ सय ३४ रहेका छन् ।

उत्तीर्णमध्ये ३.६०–४.० जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या १६ हजार ८ सय ८२ रहेको छ । यसैगरी ३.२०–३.६० जिपिए प्राप्त गर्ने ४८ हजार ९ सय ६०, २.८–३.२० ल्याउने ६० हजार ७ सय ६, २.४–२.८ जिपिए ल्याउने ७४ हजार १ सय १०, २.०–२.४ जिपिए प्राप्त गर्ने ९७ हजार २ सय ९९, १.६–२.० जिपिए प्राप्त गर्ने ९५ हजार २ सय ९, १.२–१.६ जिपिए प्राप्त गर्ने ४३ हजार ८ सय ४०, ०.८–१.२ जिपिए प्राप्त गर्ने ४ हजार ४ सय २९ र जिपिए उल्लेख भएको ८ हजार २ सय ७ जना रहेका छन् । यो प्राविधिक बाहेकको नतिजा हो ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । एसईई परीक्षामा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।