पृथ्वी राजर्मागको गल्छी-बैरेनीसडक खण्ड पहिरोले अवरुद्ध

आजको बजार मुख्य समाचार विषेश समाचार समाज

काठमाडौं, १२ असार । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ स्थित बैरेनीबजाररदेखि महेशदोभान बजारसम्मको एक किलोमिटर सडक अवरुद्ध भएको छ । बिहीबार बिहान करिब साढे २ बजे सडकमाथि सञ्चालनमा रहको बालुवाखानीबाट खसेको लेदोले सडक अवरुद्ध बनाएको हो ।

करिब एक किलोमिटर सडकमा लेदो खसेसँगै गएरातिदेखि नै आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारि दिएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन बालुवा व्यवसायी र गाउँपालिकाका डोजर परिचालन गरिएको छ ।

पृथ्वी राजर्माग अन्तर्गत पर्ने उक्त सडक खण्डभन्दा माथिबाट व्यवसायीहरुले बालुवा निकाल्दै आएका छन् । सोही कारण पटक पटक उक्त सडक अवरुद्ध हुँदै आएको छ । यसैगरी सडकको माथिबाट खसेको लेदोले यसअघि पनि सडक अवरुद्ध बन्दै आएको थियो ।