क्यानडामा उत्पादित सुँगुरको मासु चीनमा प्रतिबन्ध

मुख्य समाचार विश्व स्वास्थ्य

एजेन्सी, ११ असार । क्यानडाबाट भित्रिने सुँगुरको मासुमा स्वस्थ्यलाई असर गर्ने तत्व भेटिएको भन्दै चिनले रोक लगाएको छ । दुई देशबिच बढ्दो तनाबका बिच चिनले क्यानडाबाट आयात हुने केही प्रतिशत मासुमा रोक लगाएको हो ।

क्यानडाबाट आयात गरिएको मासु परिक्षणका क्रममा चिनियाँ अधिकारीहरुले स्वस्थ्यलाई असर गर्ने तत्व पाइएको चिनियाँ सञ्चार माध्यहरुले बताएका छन् । अनुसन्धानमा पत्ता लागेअनुसार क्यानडाबाट चीन आएको सुँगुरको मासुमा लगाइएको १८८ वटा स्वास्थ्य प्रमाणपत्र फर्जी पाइएको थियो ।

उक्त घटनापछि क्यानडालाई चीनले एशियाली देशहरुमा बिक्री गर्ने सामान स्वस्थ बनाउनका लागि प्रभावकारी कदम चाल्न भनेको छ । चिनियाँ सरकारले तत्कालै कतिपय इनटरप्राइजबाट उत्पादित मासु आयातमा रोक लगाउन समेत भएको छ ।