आवागमनमा बन्दको प्रभाव सामान्य, अधिकांश शैक्षिक संस्था ठप्प

आजको बजार मुख्य समाचार राजनीति

काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा सामान्य देखिएको छ । विप्लव समूहले मंगलबार राजधानीसहित देशभरका सार्वजनिक तथा निजी यातायात चलिरहेका छन् ।

तर, राजधानीसहितका देशका अन्य क्षेत्रका अधिकांश शैक्षिक संस्था पूर्ण रुपमा ठप्प जस्तै भएका छन् । सप्तरी जिल्ला इन्चार्जको प्रहरीले हत्या गरेको दाबी गर्दै नेपाल बन्दको आह्वान गरेको हो ।

विप्लव समूहका सप्तरी जिल्ला इचार्ज कुमार पौडेल असार ५ गते प्रहरीको मुठभेडमा मारिएका थिए । राजधानी भएर बाहिरिने सवारी सधान पनि आज कम चलेको बताइएको छ ।