पूर्वसूचना बिनै २४ घन्टा च्यानल बन्द

मनोरञ्जन मुख्य समाचार विषेश समाचार

काठमाडौं, १० असार । नेपाल केबल टिभी महासंघले नेपाली डिजिटल टेलिभिजन व्यवसाय डुबाउन ल्याइएको ‘क्लीन फिड’लाई असफल पार्न २४ घन्टासम्मको लागि सेवा बन्द गरेको छ । टीभि सेवाप्रदायकसँग समन्वय नगरी विज्ञापनरहित सेवा सञ्चालन गर्ने सरकारको नीति सफल हुन नदिने बताँउदै महासंघले २४ घन्टाको लागि सेवा बन्द गरेको हो ।

सेवाग्राहीसँग प्याकेजमा महिनाभरीको सेवा सञ्चालनको पैसा असुलेर पूर्व सूचनाबिनै महासंघले आफुखुसी सेवा बन्द गरेको छ । महासंघले सोमबार ३ बजेदेखि मंगलबार ३ बजेसम्मका लागि सेवा बन्द गरेको जानकारी दिएको छ ।

महासंघका अध्यक्ष सुधिर पराजुलिले राष्ट्रिय प्रसारण ऐनमा राखिनुपर्ने क्लीन फिडलाई विज्ञापन ऐनमा समेटिएको छ । सरकारले ल्याएको ऐन लागु गर्नु परेमा सबै विदेशी टीभी च्यानलहरु बन्द हुने उनको भनाई छ ।

हाल नेपालमा २०० ओटा च्यानल सञ्चालनमा रहे पनि तीन ओटाले मात्र क्लीन फिड उपलब्ध गराएका छन् । सोही कारण नेपालमा क्लीन फिड लागु भएमा सेवाग्राहीले मासिन एक हजार रुपैयाँसम्म तिर्न पर्ने महासंघले जनाएको छ ।