साढे ८ किलो चरेससहित दुई जना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार

लहान, ९ असार, २०७६ । सिरहाको धनगढीमाई नगरपालिका–१०, श्यामपुरबाट सिरहा प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा लागुऔषध चरेससहित आइतबार राती दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने धनगढीमाई नगरपालिका–११ का रामभगत महतो र सोही नगरपालिका वडा नम्बर–१२ का रामेश्वर महतो रहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए ।

१७ वटा प्याकेटमा प्याक गरिएको करिब साढे आठ किलो चरेससहित सिरहा प्रहरीले व्यक्ति पक्राउ गरेको पहिलो घटना हो । पक्राउ परेका महतोद्वयलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुसँग चरेस तस्करीको नेक्ससबारे सुक्ष्म अनुसन्धान गरिरहेको छ ।