उपत्यकाका तीन जिल्ला डेंगु उच्च जोखिममा

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौं, ९ असार । काठमाडौं उपत्यकाका तीन जिल्ला डेंगुको उच्च जोखिममा रहेको पाइएको छ । डेंगु फैलाउने एइडिज एइजेप्ती लामखुट्टे भेटिएपछि उपत्यका उच्च जोखिममा रहेको पाइएको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्ला डेंगुको उच्च जोखिममा रहेको पाइएपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाले सर्तक अपनाउन अनुरोध गरेको छ । महाशाखाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको हो ।

रोग फैलाउने लामखुट्टे राजधानीमा भेटिएको कारण समस्या सिर्जना हुनु अघि नै सतर्कता अपनाउनु राम्रो भएको मन्त्रालय जानकारी दिएको छ । शुरुमा ध्यान नदिँदा विभिन्न जिल्लामा समस्या आएकोले राजधानीमा पनि लामखुट्टेबाट जोगिन आग्रह गरेको छ ।

अध्धयनका क्रममा डेंगु लामखुट्टे धेरै नै भेटिएपछि विभागले सतर्क रहन आग्रह गरेको हो । गतवर्ष काठमाडौंको सानो भर्याङ क्षेत्रमा १८ जनालाई डेंगु लागेको थियो । विभागले सबै स्थानीय युनिटहरुलाई यसबारेमा खबर गरिएको जनाएको छ । उच्च ज्वरो हुने, खान मन नलाग्ने, जीउ गल्ने, शरीरमा विमिरा आउने लगायतका डेंगुका लक्षण हुन् ।