उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द

मुख्य समाचार राजनीति विषेश समाचार समाज

काठमाडौं, ६ असार । उपत्यकासहित विभिन्न ११ जिल्लाका शैक्षिक संस्थाहरु बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित बनेका छन् । आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लव)को विद्यार्थी संगठनले शुक्रबार आह्वान गरेको शैक्षिक हड्तालका कारण ११ जिल्लाका विद्यालय बन्द भएका हुन् ।

अनेरास्ववियु क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्ताका कारण उपत्यकासहित ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, बाँके, कैलाली, जाजरकोट र मुगुका विद्यालय प्रभावित बनेका हुन् ।

विप्लवको शैक्षिक हडताका कारण सबैजसो सरकारी तथा निजी विद्यालय र क्याम्पसहरु बन्द भएका छन् । अनेरास्ववियु क्रान्तिकारीले प्रहरीले पक्राउ गरेका आफ्ना विद्यार्थीहरुलाई तत्काल रिहाईको माग राखेको छ ।