रेलमार्ग निर्माणमा नेपालको तयारी पुगेनः चिनियाँ पक्ष

आजको बजार मुख्य समाचार विश्व विषेश समाचार

काठमाडौं, ६ असार । चिनियाँ पक्षले केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न नेपालको तयारी नपुगेको बताएको छ । चीनले रेलवे कनेक्टिभिटीमा नेपालले गर्नुपर्ने सामान्य तयारी समेत नगरेको बताएको हो ।

बेइजिङमा बिहीबार सम्पन्न ‘नेपाल-चीन रेलवे’ को चौथो बैठकमा केरुङ-काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा छलफल गर्नुअघि पाँच ओटा विषयमा गहिरो छलफल गर्नुपर्ने प्रस्ताव राखेको छ ।

चीनले रेलवेको गुणस्तर, सुरक्षा, प्राकृतिक प्रकोपको सामना, प्राविधिक पक्षको चूनौति र वातावरणीय प्रभाव रोक्नलाई विस्तृत अध्ययन जरुरी रहेकाले त्यससम्बन्धी नेपालले विशेष ध्यान दिन पर्ने प्रस्ताव राखेको हो ।