सन्दीप र सोमपाल ग्लोबल टी-ट्वान्टी लिगमा आबद्ध

मुख्य समाचार विषेश समाचार

काठमाडौं, ६ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी क्यानडाको ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा अनुबन्ध भएका छन् । बिहीबार भएको अक्सनबाट लेग स्पीनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी लिगमा आबद्ध भएका हुन् ।

सन्दीपलाई १०औं चरणमा टोरन्टो नेसनल्सले खरिद गरेको हो भने सोमपाललाई ११औं चरणमा विनिपेग हक्सले खरिद गरेको हो । योसँगै लिगबाट सन्दीपले ६० हजार अमेरिकी डलर र सोमपालले तीन हजार अमेरिकी डलर पाँउनेछन् ।

सन्दीपले दोस्रो पटक ग्लोबल टी–ट्वान्टी लिग खेल्न लागेका हुन् । गत वर्ष उनले मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए । सोमपाल प्रतियोगितामा आबद्ध भएसँगै उनी विदेशी लिग खेल्ने दोस्रो नेपाली बनेका छन् ।

प्रतियोगिता आगामी जुलाई २५ दखि अगस्ट १५ सम्म क्यानडामा चल्ने छ ।