घरको आँगनमै सुतेका थारुको हत्या !

मुख्य समाचार समाज

बर्दिया, ५ असार, २०७६ । बर्दियाको राजापुरमा आँगनमा सुतिरहेका व्यक्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । राजापुर नगरपालिका–३ नंगापुरमा ५५ वर्षीय जयराम थारुको बुधबार राती आफ्नै घरको आँगनमा सुतिरहेको अवस्थामा हत्या भएको हो ।

घरमा मृतक र उनकी बुहारी मात्र थिए । बुहारी घरमा भित्र चुक्कुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । उनका छोरा भने वैदेशिक रोजगारमा रहेको प्रहरीले जनाएको छ । घटना कसले र किन घटाएको भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजित महराले जानकारी दिए ।

उनका अनुसार राती खाना खाइ सुतेका थारुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । महराका अनुसार थारुको निधारमा धारिलो हतियार प्रहार भएको देखिन्छ । अनुसन्धानको लागि कुकुरसहितको टोली घटनास्थल पुगिसकेको उनले बताए ।