८ सिलिन्डर विष्फोट हुँदा तीन वटा होटलमा आगलागी

मुख्य समाचार विषेश समाचार समाज

जनकपुर, ५ असार । जनकपुरको एक होटलमा बिहीबार बिहानै ८ ओटा ग्यास सिलिन्डर विष्फोट भएका छन् । ग्यास सिलिन्डर विष्फोट हुँदा स्थानीय तीन ओटा होटल पूर्णरुपमा नष्ट भएका छन् ।

बिहीबार बिहान लगभग ३ बजे सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- २ कदम चोकका तीन वटा होटल नष्ट भएका हुन् । विष्फोटमा परी गोविन्द मिष्ठान भण्डारसहित अन्य २ वटा होटल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट भएका थिए । सिलिन्डर विष्फोटपछि आगलागी हुँदा लाखौंको क्षति अनुमान गरिए पनि यकिन विवरण आएको छैन ।