गुठी विधेयकविरुद्धको आन्दोलन स्थगित

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौं, ४ असार । सरकारले गुठी विधेयक फिर्ता लिएसँगै विधेयक विरुद्ध जारी आन्दोलन स्थगित भएको छ । मंगलबार संघर्ष समितिले एक विज्ञप्ति निकालेर पूर्व घोषित कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।

डा. महेशमान श्रेष्ठको संयोजकत्वमा गठित ‘गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम’ले घोषणा गरेको असार ४ गतेको आन्दोलन लगायतका कार्यक्रम स्थगित गरेको हो । उक्त कार्यक्रमले असार ४ गते (बुधबार) माइतीघरमा विरोध सभा आयोजना गर्ने कार्यक्रम थियो । ।

संयोजक श्रेष्ठले गुठी विधेयक फिर्ता लिनु स्वागतयोग्य भएको तर, मंगलबार प्रधानमन्त्री केपीशर्मा ओलीले पत्रकार सम्मेलनमा अभिव्यक्त गरेका भाषा शैली भने आपत्तिजनक रहेको बताएका छन् ।