सरकारले ल्याएको गुठी विधेयक फिर्ता

मुख्य समाचार राजनीति विषेश समाचार समाज

काठमाडौं, ४ असार । सरकारले चौतर्फी दबावपछि गुठी विधेयक फिर्ता लिएको  छ । विधेयकलाई लिएर भ्रम सिर्जना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल गर्ने भन्दै फिर्ता लिइएको हो ।

भूमिलव्यवस्था मन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिने निर्णय भएको बताइन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलन अघि गुठी विधेयक फिर्ता लिइएको बताएकी हुन् ।

यस्तै, प्रधानमन्त्री ओलीले मन्त्री अर्यालको निर्णय समर्थन गर्दै गुठी फिर्ता लिएको बताए । उनले लोकतन्त्र विरोधी शक्ति घुसेर लोकतन्त्रकै जरा काट्ने कैची चलाएको देखेपछि विधेयक फिर्ता लिएको बताए ।