एक लाख २९ हजारले दिए लोकसेवामा आवेदन

आजको बजार प्रदेश मुख्य समाचार समाज

काठमाडौं, १ असार । संसद्को व्यवस्था तथा सुशासन समितिले जेठ २७ गते लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिए पनि आवेदन फाराम भर्नेक्रम जारी छ । लोकसेवाका अनुसार शनिबारसम्म एक लाख २९ हजार ७२७ जनाले आवेदन फाराम भरेका छन् ।

लोकसेवा आयोगले जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ जना कर्मचारीका लागि विज्ञापन माग गरेको थियो । समितिले सो निर्देशन दिए पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन संविधानविपरीत नभएको भन्दै विज्ञापन रद्द नगर्ने बताउँदै आएको छ ।

गोरखापत्र दैनिकमा खबर छापिएको छ ।