सर्पले टोक्दा तीन वर्षीया बालिकाको मृत्यु

मुख्य समाचार समाज

सुर्खेत, ३२ जेठ, २०७६ । सर्पको टोकाइबाट पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–३ खारघारीमा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार घरको आँगनमा खेलिरहेकी बालिकालाई सर्पले टोकेको थियो ।

चौकुने स्वास्थ्य चौकीका सिनियर अहेव गगन पाण्डेले बालिकालाई सर्पले टोकेपछि स्वास्थ्य चौकीमा ल्याउनुको सट्टा झारफुकमा लागेकाले मृत्यु भएको बताएका छन् । ‘बालिकालाई सर्पले टोकेपछि झारफूकमा लाग्नु भएको छ’ उनले भने, ‘अन्तिम अवस्थामा सदरमुकाम वीरेन्द्रनगर ल्याउने क्रममा बाटोमा मृत्यु भयो ।’

तस्विर: सांकेतिक