मेस्सीको कमाई सबैभन्दा बढी, रोनाल्डो दोस्रो र नेमार तेस्रोमा

खेलकुद मुख्य समाचार

काठमाडौं, ३० । अर्जेन्टिनाका स्ट्राइकर तथा बार्सिलोनाका मूख्य खेलाडी लिओनल मेस्सी वर्षमा सर्वाधिक कमाउने खेलाडी बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा मेस्सी परेका हुन् । फोर्ब्सले १२ महिनाको कमाइका आधारमा तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

उनले एक वर्षमा १२७ मिलियन डलर कमाइ गरेका छन् । यस्तै, सूचीको दोस्रो नम्बरमा रहेका युभेन्टस तथा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो छन् । उनको कमाई १०९ मिलियन डलर छ भने तेस्रो स्थानमा रहेका पीएसजी तथा ब्राजिलका नेयमारको १०५ मिलियन डलर कमाएका छन् ।

यसवर्ष सार्वधिक कमाउने खेलाडीको सूचीको शीर्ष तीनमा फुटबल खेलाडी रहेका छन् ।