जुनियरको मतहतमा राखेर अपहेलित गरेको भन्दै नेकपाका जिल्ला सचिवले गरे सपथ ग्रहण बहिस्कार

मुख्य समाचार राजनीति

बझाङ,२९ जेठ, २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी बझाङका पदाधिकारीहरुले एक कार्यक्रमकाबीच सपथ ग्रहण गरेका छन् । बझाङ जिल्ला कमिटीको सपथ ग्रहण गराउन आएका नेकपाका सुदुरपश्चिम इन्चार्ज भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टले सपथ ग्रहण गराउँदा अध्यक्ष मिनबहादुर सिंह लगायत १ सय ३५ जना उपस्थित थिए ।

केन्द्रले घोषणा गरिएका सचिव दिल बहादुर सिंहले भने सपथ ग्रहण बहिष्कार गरेका छन् । आफूलाई जुनियरको मतहतमा राखेर अपहेलित गरेको भन्दै सचिव पदमा मनोनयन गरिएका पूर्वएमाले अध्यक्ष सिंहले सपथ ग्रहण नगरेका हुन् ।

पार्टी केन्द्रले आफूलाई धेरै जुनियर ब्यक्तिलाई अध्यक्ष बनाए आफूलाई उनको मातहतमा सचिव बनाएकाले आफूले सफत ग्रहण गर्ने ठाउँमा गए पनि सपथ नलिएको सिहंले बताए ।

नेकपाको जिल्ला कमिटीमा पूर्वएमालेबाट ८० जना र माओवादीबाट ५५ जना गरी १ सय ३५ जनाको जिल्ला कमिटी गठन गरिएको छ ।