खेतमा काम गरिरहेकी महिलामाथि बाँदरको आक्रमण

मुख्य समाचार विषेश समाचार समाज

तानसेन, २९ जेठ, २०७६ । तानसेन नगरपालिका–१३, बौघागुम्हा छेर्लुङ्गमा बाँदरको आक्रमणबाट ३१ वर्षीय कमला खरेल (पाण्डे) घाइते भएकी छन् । छेर्लुङ्गको ठूलापोखरा खेतमा काम गर्दै गर्दा खरेललाई बाँदरले आक्रमण गरेको स्थानीय खड्क बहादुर केसीले बताए ।

ठूलो संख्यामा रहेका बाँदरहरुले आक्रमण गर्दा उनी घाइते भएको बताइएको छ । उनको अहिले छेर्लुङ्ग स्वास्थ्य ईकाइमा उपचार भएको र थप उपचारको लागि बुधबार तानसेन लैजाने केसीले बताए । घाइते खरेलको दुवै खुट्टा, हात र शरीरमा चोट लागेको छ । मंगलबार साँझ ५ बजेको समयमा बाँदरले खरेललाई बाँदरले आक्रमण गरेको हो ।

पछिल्लो समयमा पाल्पाको तानसेन नगरपालिका–१४, अर्गली र वडा नं. १४ छेर्लुङ्ग तथा वगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, रिब्दीकोट र रामपुर नगरपालिकाका अन्नबाली नष्ट पार्ने र मानिसलाई समेत आक्रमण गर्ने गर्दा स्थानीय किसानहरु हैरान बनेका छन् ।