ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु

मुख्य समाचार विषेश समाचार समाज

सिन्धुली, जेठ २८ । सिन्धुलीको मरिण गाउँपालिका–२ स्थित सकौरीमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । नम्बर प्लेटनै राख्न बाँकी रहेको अनटेष्ट ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मरिण गाउँपालिका ४ का १८ वर्षीय सुकमान जिम्बा र १४ वर्षीय सागर माझीको दुर्घटनाबाट मृत्यु भएको छ । दुबैको घट्नास्थलमै मृत्यु भएको र घट्नामा परी अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

मुङ्ग्रेबाट चनौटे जाने क्रममा ओभर स्पीडका कारण ट्रयाक्टर पल्टेको स्थानियको अनुमान छ । घटनापछि चालक तथा ट्रयाक्टरधनी मरिण गाँउपालिका ३ चनौटेका श्याम माझी फरार रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।