टिपर दुर्घटनामा चालकको मृत्यु

मुख्य समाचार विषेश समाचार समाज

उदयपुर, जेठ २८ । उदयपुरको कटारीमा गए राति भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आईतबार राति ९ः३० बजे मिर्चया–कटारी–घुर्मी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका ११ मा भएको दुर्घटनामा परी चालकको मृत्यु भएको हो ।

घुर्मीबाट कटारी आउँदै गरेको टिपर दुर्घटना हुँदा चालक सुजन भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार बा३ख ४१३० नम्बरको उक्त टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १ किलोमिटर तल खस्दा सोलुखुम्बुका अन्दाजी २२ वर्षीय चालक भण्डारीको मृत्यु भएको हो ।

टिपर दुर्घटनाको खवर पाएलगत्तै अस्थायी प्रहरी पोष्ट बेतीनी कटारीदेखि खटिएको प्रहरी सहायक निरीक्षक (असई) नेतृत्वको टोलीले घट्नास्थलमा खोजतलास गर्दा चालक भण्डारी मृत अबस्थामा फेला परेका थिए ।

घट्नास्थलको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीको कमाण्डमा ट्राफिक प्रहरीसहित ९ जनाको टोली खटाइएको छ ।