लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

मुख्य समाचार राजनीति विषेश समाचार समाज

काठमाडौं, २८ जेठ, २०७६ । संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा र्कचारी माग गर्दै लोकसेवा आयोगले निकालेको जेठ १५ गतेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिले गरेको विज्ञापन संविधानको भावना एवम् समावेशी सिद्धान्तविपरीत रहेको ठहर गर्दे रद्द गर्न निर्देशन दिएको हो ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा सोमबार संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँगको छलफलपछि समितिले विज्ञापन रद्द गर्न भनेको छ । समितिको सभापति शशी श्रेष्ठको सभापतित्वमा बसेको बैठकले मन्त्रालयलाई प्रदेश एवम् स्थानीय तहको कर्मचारी पदपुर्ती समानुपातिक समावेशी सिद्धान्तका आधारमा गर्न समेत निर्देश गरेको हो ।

यस्तै, समितिले स्थानीय तहमा कर्मचारी पदपुर्ती नभएसम्म आवश्यक्ता अनुसार निश्चित मापदण्डका आधारमा आ आफ्नो तहमा कर्मचारीहरु करारमा नियुक्त गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई अर्को निर्देशन दिएको छ ।

स्थानीय तहको कार्यबोझलाई ध्यानमा राखेर कार्यसम्पादनलाई आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्न हाललाई संघको दरबन्दीमा रहेका कर्मचारीलाई स्थानीय तहमा खटाउन समितिले मन्त्रालयलाई सुझाव दिएको छ ।

लोकसेवा आयोगले २०७६ साल जेठ १५ गते खुलाएको विज्ञापनमा ७३ हजार आवेदकले आवेदन दिएका थिए ।