आधुनिक स्वास्थ्य प्रयाेगशाला स्तराेन्नति गर्नेलगायतका कार्यक्रम अलपत्र

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, २६ जेठ, २०७६ । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसकेकाे छ । जसमध्ये स्वास्थ्य क्षेत्रका लागि ६८ अर्ब ७८ कराेड बजेट छुट्याइएकाे छ । तर चालु आर्थिक वर्षमा स्वास्थ्यमा गर्ने भनिएका केही कार्यक्रमहरु सुरु हुन सकेनन्।

चालु आर्थिक वर्षकाे बजेटमा रहेर पनि सुरु हुन नसकेका कार्यक्रम मध्ये उच्च प्रविधियुक्त राेग निदान केन्द्रकाे रुपमा आधुनिक स्वास्थ्य प्रयाेगशालाकाे स्तराेन्नति गर्ने आगामी आर्थिक वर्षकाे बजेटमा पनि समेटिएकाे छ । यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई व्यवस्थित र प्रभावकारी रुपमा सन्चालन गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी एकीकृत ऐन ल्याइने पनि बजेटमा उल्लेख छ । तर बजेटमा उल्लेख भएर पनि यी कार्यक्रमहरु सुरुसमेत हुन सकेनन् ।

गृहकार्य र तयारी बिना ल्याएका कारण कार्यक्रम सुरु हुन नसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकाे नीति याेजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकाेटाले स्वीकारे । उनी भन्छन्, गृहकार्य नै पुगेन भन्दा पनि हुन्छ । किनभने कार्यक्रम आएकाे २ वर्षजति भयाे तर हालसम्म सुरु हुन सकेन । त्यसैले यसमा गृहकार्य नै पुगेन ।

बजेटमा उल्लेख यी सबै कार्यक्रम घाेषणामै सीमित भए । सुरु हुन नसकेका यी कार्यक्रमहरुले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाएका छन् । त्यसैले सरकार यी कार्यक्रम सुरु गर्नका लागि बल्ल तात्दैछ । नीति याेजना तथा अनुगमन महाशाखाका प्रमुख डा. देवकाेटा भन्छन्, ‘चालु आर्थिक वर्षमा सुरु नभएका यी कार्यक्रम अब हामीले आगामी आर्थिक वर्षमा सुरु गर्छाै । किनभने भने यसका लागि हामीले विज्ञ समिति गठन गरी छलफलमा जुटिसकेका छाै ।’

आगामी आर्थिक वर्षकाे बजेटले पनि विगतका बजेटमा आएका सबै नेपालीलाई स्वास्थ्य बीमा, सबै वडामा स्वास्थ्य संस्था निर्माण, गर्भावस्थादेखि नै प्रसुति सुरक्षा सेवा, पश्चिम तराईमा सिकलसेल एनिमिया राेगकाे राेकथाम, सार्वजनिक स्थल र सवारी साधनमा धुम्रपान तथा मद्यपान पूर्ण रुपमा निषेध, टाेलटाेलमा नागरिक आराेग्य कार्यक्रमलाई निरन्तरता दिएको छ ।

यसबाहेक चालु आर्थिक वर्षकाे बजेटमा रहेर पनि सुरु हुन नसकेका कार्यक्रम मध्ये उच्च प्रविधियुक्त राेग निदान केन्द्रकाे रुपमा आधुनिक स्वास्थ्य प्रयाेगशालाकाे स्तराेन्नति गर्ने आगामी आर्थिक वर्षकाे बजेटमा पनि समेटिएकाे छ ।