आइतबार उपत्यकामा भोटो जात्रा मनाइँदै

मुख्य समाचार विषेश समाचार समाज

काठमाडौं, जेठ २६, २०७६ । आज राजधानीसहित उपत्यकामा भोटो देखाउने जात्रा मनाइँदैछ । भोटो जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

ललितपुर गुठी संस्थानका अनुसार भोटो देखाउने समारोहको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । यस्तै, समारोहमा अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहने जनाइएको छ ।

आइतबार साँझ ५ बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ । राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका प्रमुख शैलेन्द्र पौडेलले भोटो देखाउनेछन् ।

आइतबार बिहानै बुंगमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइनेछ भने भोटो देखाइसकेपछि पुनः बुंगमतीमै पुर्‍याइने संस्थाले जानकारी दिएको छ ।