विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया भिड्दै

खेलकुद मुख्य समाचार

काठमाडौं, २६ जेठ, २०७६ । विश्वकप क्रिकेटमा आज आइतबार दुई उपाधि दाबेदार टोली भारत र अष्ट्रेलियाबीच खेल हुँदैछ । नेपाली सयमअनुसार उपाधि दाबेदार दुई टोलीको खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

उक्त खेल विश्वकपको रोमाञ्चकमध्येको एक खेल हुने अपेक्षा गरिएको छ । दुई टोली नै विश्वकपको ट्रफी उचाल्ने दाउमा रहेकाले खेल रोमाञ्चक हुने भएको हो ।

प्रतियोगितामा अष्ट्रेलियाले लगातार दुई खेलमा जित हात पारेको छ भने भारत दोस्रो जित हात पार्ने दाउमा हुनेछ । यसअघिका खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले तथा वेष्ट इन्डिजलाई १५ रनले हराएको थियो ।


यस्तै भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । अहिलेसम्मको खेलमा दुवै टोलीका खेलाडीले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्तिकै राम्रो गरिरहेका छन् ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभन स्मिथ, जासन बेहरेन्डोरफ, ग्लेन म्याक्श्वेल, उस्मान खावजा, नाथन काउल्टर नाइल, साउन मार्स, केन रिचार्डसन, एलेक्स क्यारी, पट कुम्मिन्स, मिचेल स्टार्क, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

भारत टिम

मेहन्द्रसिंह धोनी, विराट कोहली (कप्तान) युजभिन्द्र चाहाल, रोहित शर्मा, केदार जाधव, मोहम्मद शामी, कुलदीप यादव, केएल राहुल, शिखर धवन, जस्प्रित बुमराह, दिनेश कार्थिक, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।