पिकअप दुर्घटनामा एक जनाको मृत्यु

मुख्य समाचार समाज

रौतहट, २५ जेठ, २०७६ । सवारी दुर्घटना परि रौतहटमा दुईजना घाइते भएका छन् । शुक्रबार मध्यरातमा रौतहटको चन्द्रपुर नपा–४ स्थित पूर्वपश्चिम राजमार्गको पहिलो लच्कानजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ८३९४ नम्बरको पिकअप गाडी दुर्घटना भएको थियो ।

दुर्घटना भएको गाडीमा चारजना सवार थिए । सवार चारजनामध्ये दुईजना घाइते भएका थिए । घाइते हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ७ का करिब ६० वर्षका महादेव सहनीको दाहिने खुटा भाँचिएको छ भने करिब ४० वर्षका वृजकिशोर साहको टाउको र पेटमा गम्भीर चोट लागेको थियो । दुवैजनाको उपचार वीरगञ्जस्थित न्युरो अस्पतालमा गरिएकोमा उपचारकै क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।