तस्करीका सामानसहित दुई जना पक्राउ

मुख्य समाचार समाज

सिरहा, २५ जेठ, २०७६ । सीमावर्ती औरही गाउँपालिका–४ बाट सिरहा प्रहरीले भन्सार छली गरी ल्याइरहेको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णु गाउँपालिका– ५ लक्ष्मीपुरका ३५ वर्षीय वीरेन्द्र यादव र लक्ष्मीपुरपत्तारी गाउँपालिका ६ का २८ वर्षीय जयराम यादव छन् ।

दुई वटा मोटरसाइकलमा पछाडि विभिन्न प्रकारका कपडाको पोका बाँधेर भित्रिएका दुबैजनालाई प्रहरीको गस्ती टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय खैरटोका, माड्रमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

सिरहा प्रहरीले सिरहा ७ स्थित ट्राफिक चोकबाट भन्सार छली गरी ल्याएको चिनी लगायतका उपभोग्य सामान बरामद गरी जिल्ला भन्सार कार्यालय खैरटोका माड्रमा बुझाएको छ ।