धरानमा फैलिएको डेंगु अझै नियन्त्रणमा आउन सकेन

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, २४ जेठ, २०७६ । धरानमा फैलिएको डेंगुको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो चार दिनमा मात्रै ८८ जना नयाँ बिरामी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३८ जना र अन्य निजी अस्पतालमा २५ जना गरी १६३ जनाको उपचार भइरहेको छ । यता डेंगुको प्रकोपबाट अहिलेसम्म कसैको ज्यान नगएको र नियन्त्रणमै रहेको महाशाखाको दाबी छ ।

प्रभावित स्थलमा विभागबाट एक टोली धरान पुगेको थियो । महाशाखाका अनुसार लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रणका लागि हाल लामखुट्टेको खोजी गर्ने र नष्ट गर्ने अभियानलाई पनि अघि बढाइएको बताइएको छ ।