कोका–कोलाले ‘वर्ल्ड वीथआउट वेस्ट’ कालागि काम गर्ने

आजको बजार मुख्य समाचार

काठमाडौं, २३ जेठ, २०७६ । विश्व वातावरण दिवसको अवसरमा कोका–कोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरुसँग मिलेर वर्ल्ड वीथआउट वेस्टका लागि संकल्प गरेकोे छ । वर्ल्ड वीथआउट वेस्ट, सन् २०३० सम्मको बिक्री गरिएको प्याकेजिङको सय प्रतिशत बराबरको संकलन र रिसाइकल गर्ने कोका–कोलाको प्रतिबद्धता हो ।

यसलाई हासिल गर्न कम्पनीले पोर्टफोलियो विस्तार गर्दै प्याकेजिङको सय प्रतिशत रिसाइकल गर्न यसको डिजाइनमा केन्द्रित गरेको जनाएको छ । साथै स्थानीय समुदाय, गैर–सरकारी संस्थाहरु, उद्योग तथा उपभोक्ताहको साझेदारीमा रिसाइकल प्याकेजिङ संकलन गर्न त्यसलाई सम्बन्धित ठाँउमा पुर्याउन लागि परेको छ । यस कार्यका लागि डिजाइन, संकलन तथा पार्टनरको तीन स्तम्भ रहेको कम्पनीले उल्लेख गरेको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा, कोक नेपालले आफ्ना सम्पूर्ण साझेदारी संस्थाहरु संयूक्त रुपमा रिसाइकिलिगंका लक्ष्य हासिल गर्न प्रयत्न गरिरहेको कुरामा जोड दिएको छ । कोका–कोलाका साउथ वेस्ट एशियाको अप्रेसनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने, ”विश्व वातावरण दिवस मनाउने एउटा उत्तम तरिका भनेको वातावरणमा हाम्रो व्यक्तिगत फुटप्रिन्टहरु स्वयम मूल्याङकन गरेर हामीले त्यस्ता समस्याहरु भन्दा पनि समाधानका लागि व्यक्तिगत रुपमा के गर्न सक्छौँ भन्ने कुरा पहिचान गर्ने हो । यहि कुरा हाम्रो संस्था, समुदाय तथा विश्वमै लागु हुन्छ । कोका–कोलामा हामी यसको समाधानका पक्षमा छौँ । ‘वर्ल्ड वीथआउट वेस्ट’ लक्ष्य अन्तर्गत हामी फोहोरका समस्याहरुलाई कम गर्न विभिन्न पहलहरु गर्दै आएका छौँ । हामीहरुले साझेदार पार्टनरहरुसँग मिलेर आत्मनिर्भर उद्यम तथा डिसेन्ट्रलाइज फोहोर व्यवस्थापनको प्रोत्साहन गर्दछौँ र पीईटी रिकभरीका लागि नयाँ पूर्वधार निर्माण गरिरहेका छौँ । हामी निरन्तर वातावरण प्रदर्शनमा सुधार गर्दै नवीनतम समाधान ल्याउनका साथै समुदाय र त्यहाँका स्थानीय वातावरणमा पर्ने प्रभावलाई कम गर्न प्रयास गर्नेछौँ ।”

कोका–कोला नेपालले तथा बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडले हालै नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस.पी.सि.सि.सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठुलो अभियानको सुरुवात गरेको थियो । ‘क्लिनआवर प्राइड’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यस्को स्वच्छतालाई बचाई राख्ने लक्ष्य लिएको हो ।