फिदिम बजारमा भीषण आगलागी

मुख्य समाचार विषेश समाचार समाज

फिदिम, २३ जेठ, पाँचथरको सदरमुकाम फिदिम बजारमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ । फिदिमको मुख्य बजारमा रहेका संगीता राना मगर र कर्णकुमार थापाको घरमा आगालागी भएको हो ।

ती दुई घरमा रहेका पाँचथर गेष्ट हाउस र पाथिभरा मिष्ठान्न भण्डार पूर्ण रुपमा जलेर नष्ट भएका छन् । दिउँसो करिब १ बजे लागेको आगो फिदिम नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा २ घण्टापछि नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । आगलागीको कारण पनि खुलिनसकेको प्रहरीले जनाएको छ ।